अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुरमा सेना चढेको गाडी दुर्घटना: २४ जना घाइते, ९ को अवस्था गम्भीर [अपडेट]

भोजपुरमा सेना चढेको गाडी दुर्घटना: २४ जना घाइते, ९ को अवस्था गम्भीर [अपडेट]


भोजपुर-भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-४ दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो ।

एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिनुभयाे । उहाँका अनुसार बसमा जम्मा २६ जना सवार थिए । दुर्घटनामा ९ जना जति गम्भीर घाइते भएको उहाँले बताउनुभयाे। उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान २ वटा हेलिकप्टर मगाइएको छ ।