अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री अर्याल

आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री अर्याल


काठमाडौँ-गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।

निर्वाचन तयारीको सिलसिलामा आज काठमाडौँको निर्वाचन क्षेत्र-३, गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजल क्षेत्रका विभिन्न मतदान केन्द्र तथा निर्वाचन अधिकृतको कार्यालयको स्थलगत निरीक्षण गर्दै उहाँले सुरक्षा व्यवस्था र आवश्यक तयारीबारे जानकारी लिनुभएको थियो।

निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा आउन सक्ने गलत र मिथ्या सूचना तथा दुष्प्रचारबाट सचेत रहँदै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभयो। गृह सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहितको टोलीले गोकर्णेश्वर र ओख्रेनी माविमा रहेका मतदान केन्द्र एवं धापड््याम क्षेत्रको अवलोकन गरेको थियो।

सो अवसरमा निर्वाचन अधिकृतहरूले जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा र निर्वाचन सामग्री ढुवानीलगायतका तयारी चुस्त रूपमा अघि बढिरहेको जानकारी गराएका थिए ।