काठमाडौँ -नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ। एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ।
घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिने एमालेले जनाएको छ।
पार्टीले मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्नका निम्ति नयाँ सत्तासमीकरण आवश्यक परेको उल्लेख गर्दै निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने लक्ष्य राखेको छ ।






प्रतिक्रिया