काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा जनताको साहस, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताउनु भएकाे छ।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै अध्यक्ष ओलीले जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गर्दै स्वतन्त्रता र अधिकारको बिहानी उदाएको दिनका रूपमा प्रजातन्त्र दिवसलाई स्मरण गर्दै प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्नुभएकाे छ ।
अध्यक्ष ओलीले प्रजातन्त्र दिवसले तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउने उल्लेख गर्नुभएकाे छ । उहाँका अनुसार पहिलो जिम्मेवारी राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउनु हो। दोस्रो, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवन्त राख्नु हो। तेस्रो, आम विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्नु हो।
‘आजको ऐतिहासिक दिनबाट प्रेरणा लिँदै हामी सबै जागरूकता पूर्वक अघि बढ्न सकौँ । प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएकाे छ।







प्रतिक्रिया