काठमाडौं-नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार ‘समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे।
एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ।
सार्वजनिक घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ। यसैगरी युवालाई मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको कार्ड र विद्यार्थीलाई २० लाखसम्मको निर्व्याजी ऋण दिने उल्लेख गरिएको छ।
त्यस्तै, सुत्केरी पोषण भत्ता २० हजार पुर्याउने, विपन्नको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, रेल–मेट्रो सञ्चालन गर्ने र डिजिटल सुशासन कायम गर्ने प्रतिबद्धता जनाउँदै एमालेले राजनीतिक स्थिरताका लागि बहुमतको माग गरेको छ।
सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी हुनुहुन्छ।










प्रतिक्रिया