काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बनाउने र भत्काउनेबीचको द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको बताउनुभएको छ।
बिहीबार काठमाडौँमा आयोजित चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले सिङ्गो समाज प्रश्नैप्रश्नको घेरामा रहेको बताउनुभयो।
२०७९ को निर्वाचनको बेला देश राजनीतिक दुष्चक्रमा फेसको भन्दै उहाँले त्यतिबेला एमालेलाई राम्रो मत दिएकोमा धन्यवाद दिनुभयाे । अध्यक्ष ओलीले भदौ २४ को विध्वंशपछि देशमा अनिश्चितताको तुवाँलो लागेकोमा चिन्ता व्यक्त गर्नुभयाे ।
अध्यक्ष ओलीले भदौ २३ र २४ को घटनालाई लिएर चार प्रश्न उठाउनुभयो।
पहिलो- भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियो ? के देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ?
दोस्रो- भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो ? शान्तिपूर्ण कार्यक्रम सकियो भनेर घर फर्किन लागेको युवालाई निषेधित क्षेत्रतर्फ कसले किन धकेल्यो ?
तेस्रो- भदौ २३ र २४ का घटनाहरू स्वतस्फुर्त थियो कि योजनाबद्ध ? निजी सम्पत्ति, व्यवसायी र साधारण नागरिकलाई किन लक्षित गरियो ?
आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीलाई किन आक्रमण गिरियो ?
चौथो- सरकार संविधान तथा व्यवस्थाको सन्दर्भमा जेनजी प्रदर्शनकारीको केही माग थिएन । हुँदै नभएको माग पुरा गरेझैँ प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो ? यी र यस्तै कमजोरी लुकाउने बनाइएको देशी विदेशी षड्यन्त्रको सिद्धान्त होइन । संविधान व्यवस्था र हाम्रो सार्वभौम व्यवस्थाको रक्षा गर्न हामीले यसको जवाफ खोज्नै पर्छ ।






प्रतिक्रिया