काठमाडौँ- नेकपा एमालेलेको २०८२ को निर्वाचन घोषणापत्रमा समृद्धिका २५ आधारस्तम्भलाई मुख्य प्राथमिकताका साथ अघि सारिएको छ।
पार्टीले युवा स्वरोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा सुदृढीकरण र डिजिटल रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर चुनावी घोषणापत्र अघि सारेको हो।
घोषणापत्रमार्फत आर्थिक विकास, रोजगारी सिर्जना, प्रविधिमैत्री शासन प्रणाली र सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै देशलाई समृद्धिको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
- हाम्रो अर्थः आधा दशकमा सय खर्ब– एक दशकमा २ सय खर्ब
- सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास
- गतिशील गाउँ, आधुनिक सहरः आर्थिक विकासको नयाँ लहर
- सहरको स्वच्छता, पूर्वाधारको पूर्णताः समुन्नत सहर हाम्रो प्रतिबद्धता
- स्वच्छ पानी, सफा आँगनः स्वस्थ नेपाली, हाम्रो अभियान
- उद्योग क्षेत्रको विस्तार, उत्पादनमा बृद्धिः २० प्रतिशत योगदान, राष्ट्रको समृद्धि
- आयात घटाउने, निर्यात बढाउनेः भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने
- आधुनिक खेती, उन्नत व्यवसायः कृषिमै रोजगारी, पर्याप्त आय
- हरियो वन, समुदायको धनः संरक्षण, उपयोग, दिगो व्यवस्थापन
- सहकारीमा सुशासन र पारदर्शिताः बचतकर्ताको हित, हाम्रो प्रतिबद्धता
- पर्यटकको वृद्धि, लामो बसाइः गाउँ, सहरमा काम र कमाइ
- खेतीयोग्य जमिनमा कुलो र नहरः बाह्रै महिना सिँचाइ, खाद्यमा आत्मनिर्भर
- गुणस्तरीय शिक्षा, उन्नत प्रविधिः ज्ञानयुक्त नागरिक, देशका निधि
- स्वस्थ खाना, योग/व्यायामः निरोगी नेपालको महाअभियान
- डिजिटल पूर्वाधारः विकास र सुशासनको आधार
- सुरक्षित यातायात, आधुनिक पूर्वाधारः दिगो विकास, समृद्धिको आधार
- स्वच्छ ऊर्जा, स्वदेशमा खपतः हरित विकास, विदेशमा निर्यात
- पुनर्निर्माण र नयाँ निर्माण
- सुदृढ वित्तीय प्रणालीः उत्पादनशील लगानी
- सिर्जनशीलता युवा, नवीन विचारः समाज रूपान्तरणको सुदृढ आधार
- ऊर्जावान् खेलाडी, देशको शानः खेलकुदको विकास, राष्ट्रको मान
- सफा हात, स्वच्छ प्रशासनः गुणस्तरीय सेवा, जनप्रिय शासन
- सबैसँग मित्रता, छैन कसैसँग शत्रुता
- नेपालका सद्भाव दूत, एनआरएनको सम्मानः मातृभूमिको विकासमा सार्थक योगदान






प्रतिक्रिया