काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन युवाको ऊर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनुभएकाे छ। बिहीबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताउनुभयाे।
अध्यक्ष ओलीले भन्नुभयो, ‘आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ। हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयाे।
अध्यक्ष ओलीले २४ भदौको महाविनाश अप्रत्याशित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताउनुभयाे ।






प्रतिक्रिया