काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट रास्वपाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको हो।
रास्वपा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले चुनावी वाचापत्र सार्वजनिक गर्नुभएकाे हाे।
वाचापत्रमा रास्वपाले मध्यम वर्गको विस्तारलाई महत्व दिएको छ । यस्तै रोजगारी सिर्जना, प्रभावकारी स्वास्थ्य बीमा, दलमूक्त राज्य संयन्त्र, न्याय सुधारमा मेटिरोक्रेसी, सरकारी सुधारमा लाइन होइन, अनलाइन, निजी क्षेत्रसँग साझेदारी, करको बोझ हटाउने, १० वर्षमा मध्यम आय भएको मुलुक बनाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय तीन हजार डलर र ७ वर्षमा एक सय अर्ब डलरको अर्थतन्त्र बनाउनेजस्ता विषय समेटेको छ ।






प्रतिक्रिया