अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विकास गर्ने पार्टी हो, यो चुनावमा पहिलो दल बन्छ: देवेन्द्र दाहाल

एमाले विकास गर्ने पार्टी हो, यो चुनावमा पहिलो दल बन्छ: देवेन्द्र दाहाल


झापा-नेकपा एमालेका केन्द्रिय सदस्य देवेन्द्र दाहालले आगामी निर्वाचनमा नेकपा एमालेले पहिलो दल बन्ने बताउनु भएकाे छ।

झापा क्षेत्र नं. ५ का निर्वाचन परिचालन समितिका संयोजक समेत रहनुभएका नेता दाहालले राष्ट्रवादी र विकासको अगुवाई गर्ने पार्टी एमाले मात्र भएको भन्दै आगामी चुनावबाट एमाले पहिलो दल बन्ने समेत बताउनुभयाे।

देवेन्द्र दाहाल भन्नुभयाे, ‘यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ।’

देशमा सुशासन र विकासको अगुवाइ गर्ने पार्टी एमाले भएको उहाँले बताउनुभयो।  

झापाको गौरीगञ्जमा आगामी निर्वाचनको प्रचार प्रसारका क्रममा एमालेले निकालेको सिटी सफारी र्‍यालीको उद्घाटन क्रममा उहाँले एमाले पहिलो दल हुँदै निर्णायक शक्ति भए मात्र विकास र समृद्धीले गति लिने बताउनुभयाे ।

त्यस क्रममा उहाँले आगामी निर्वाचनले राष्ट्रवादी र राष्ट्र बिरोधी कित्ताको निक्र्यौल गर्ने पनि उल्लेख गर्नुभयाे। त्यस क्रममा उहाँले आगामी निर्वाचनले राष्ट्रवादी कित्ता र राष्ट्रविरोधी कित्ताको टुंगो लगाउने भन्दै राष्ट्रवादी कित्ताको नेतृत्व एमालेले गरिरहेको बताउनुभयाे।

क्षेत्र ५ अन्तर्गत गौरीगंज गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडाका गाउँ, टोल र बजार एमालेको सिटी र्‍याली गरेको हो । वडा नम्बर ३ गौरीगंज स्थित निर्वाचन प्रचार–प्रसार कार्यलयबाट सुरु गरिएको र्‍याली ठेकीटोला, खजुरगाछी चिलहरा लगायतका मुख्य बजार हुदै गाउँ र टोलटोलमा पुगेको गौरीगंज गाउँपालिकाका निर्वाचन परिचालन कमिटीका संयोजक सर्वतलाल राजवंशीले बताउनुभयाे ।

झापा क्षेत्र नंं ५ मा नेकपा एमालेका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेद्वार हुनुुहुन्छ। यस क्षेत्रमा एमालेले प्रत्येक वडा र टोल स्तर सम्म निर्वाचन परिचालन, प्रचार प्रसार लगायतका समितिहरु बनाई मतदातासँगको भेटघाट तिब्र बनाएको छ।