कैलाली-नेपाल पत्रकार महासंघले समाचार संकलनमा रोक लगाउँदै राष्ट्रिय स्वतन्त्रता पार्टीका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कैलालीको धनगढीमा २०८२ फागुन ६ गते आयोजित चुनावी सभामा पुगेका पत्रकारलाई उक्त पार्टीको पासबिना जान नमिल्ने भन्दै कार्यकर्ताबाट धकेल्ने कामसमेत भएको महासंघको सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।
‘संवैधानिक अधिकारको निर्वाह गर्दा पत्रकारलाई एउटा जिम्मेवार राजनीतिक दलका तर्फबाट गरिएको यो गैरराजनीतिक व्यवहारले लोकतन्त्रको उपहास र प्रेस स्वतन्त्रताको हनन् भएको महासंघको ठहर छ। महासंघ यो घटनाको भत्र्सना गर्दछ’ महासंघले विज्ञप्ति प्रकाशित गरी भनेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गरी आगामी दिनमा यस्ता व्यवहार नदोहोर्याई पत्रकारलाई निर्बाध अधिकार उपभोगमा सघाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।






प्रतिक्रिया