अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको घोषणापत्र: विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने

एमालेको घोषणापत्र: विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने


 काठमाडौं-नेकपा (एमाले)ले आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क, विश्वसनीय तथा सबै नागरिकको पहुँचमा पुग्ने बनाउने प्रतिबद्धता जनाएको छ।

आज आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा आवश्यक जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने घोषणा गरेको हो।

स्वास्थ्य बीमामा देखिएका वित्तीय तथा व्यवस्थापकीय समस्याहरू समाधान गरी नागरिकलाई सहज स्वास्थ्य सेवा सुनिश्चित गर्ने जनाएको छ । आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकीकरण गरी नि:शुल्क, विश्वसनीय र सर्वव्यापी बनाउने घोषणा गरेको छ ।

घोषणापत्रमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीमा रहेको दोहोरो वित्तीय बोझ, सेवा उत्पादन–खरिदको अन्योल तथा बीमा र नि:शुल्क सेवाबीचको दोहोरोपन हटाउन स्वास्थ्य बीमा प्रणाली र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई क्रमश: एकीकृत गर्ने योजना छ।’

सही नीति, सुशासन र प्रभावकारी वित्तीय संयोजनमार्फत उपलब्ध स्रोतको अधिकतम उपयोग गरी सर्वव्यापी स्वास्थ्य सेवा सुनिश्चित गर्ने एमालेको प्रतिबद्धता छ ।

स्वास्थ्य बीमा प्रणालीलाई संरचनात्मक तथा सञ्चालनगत सुधार गरी दिगो बनाउने, दिगो राष्ट्रिय वित्तीय स्रोतको व्यवस्था गर्दै बीमाको थैली विस्तार गर्ने तथा आधारभूत, प्राथमिक र समग्र प्राथमिक स्वास्थ्य सेवाबीच स्पष्ट परिभाषा, सेवा प्याकेज, जिम्मेवारी र वित्तीय व्यवस्था कानूनमै स्पष्ट गर्ने उल्लेख छ ।

परम्परागत तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सासँग एकीकृत गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ ।

योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, आम्ची र होमियोप्याथीलगायतलाई मुख्यधारामा ल्याइने जनाएको छ । आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकताको प्रयोग गरी स्वास्थ्य प्रणालीलाई अत्याधुनिक बनाउने, स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने तथा सरकारी, निजी र सामुदायिक साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।

चिकित्सा शिक्षाको गुणस्तर र पहुँच विस्तार गर्दै विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीको कोटा बढाउने, स्वास्थ्य संस्थालाई सेवामूलक, सुशासित तथा उत्तरदायी केन्द्रका रूपमा विकास गर्ने, अप्रभावकारी कार्यक्रमहरूको पुनरावलोकन गरी खारेज गर्ने तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक, निजी र सहकारी लगानी अभिवृद्धि गर्दै लगानी व्यवस्थापनलाई पारदर्शी, जवाफदेही र कुशल बनाउने एमालेको घोषणा छ ।

आगामी २१ फागुनमा हुने  प्रतिनिधिसभा निर्वाचनका चुनावी घोषणापत्र