काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाखसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिबद्धता गरेको छ।
फागुन ७ गते बिहीबार ‘समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गर्नुभएकाे हाे।
प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा पहुँच विस्तार गर्न र दक्ष जनशक्ति उत्पादनलाई प्रोत्साहन गर्न उक्त निर्ब्याजी ऋण योजना लागू गरिने घोषणापत्रमा उल्लेख गरिएकाे छ।
‘शिक्षा र अनुभवको ग्यारेन्टी’ नारासहित ल्याइएको एमालेको उक्त घोषणापत्रमा प्राविधिक उच्च शिक्षाका लागि २० लाखसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। सरकारी सेवा, निजी क्षेत्रका व्यवसाय तथा अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको व्यवस्था गरिने उल्लेख गरिएको छ।
साथै, सबै किशोरीलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने तथा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ।






प्रतिक्रिया