काठमाडौं-दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताले नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइदिएका छन्।
बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका हुन्। झण्डा जलाउँदै उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
यसैबीच, सुर्खेतबाट बिहीबार राति रास्वपा सभापति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् ।
रास्वपा कार्यकर्ता गरेको उक्त हर्कतको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहको छ। एक प्रयोगकर्ताले लेखेका छन्– सिंगो देश जलाउन नपुगेर अरुको आस्थाको झण्डा जलाउन थालेछन् ।
‘यो भन्दा अराजकता के हुनसक्छ ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्।’






प्रतिक्रिया