अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष केपी ओली आज झापा जानुहुँदै, यस्तो छ भेटघाट तालिका

एमाले अध्यक्ष केपी ओली आज झापा जानुहुँदै, यस्तो छ भेटघाट तालिका


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै हुनुहुन्छ। अध्यक्ष ओली काठमाडौंबाट झापा जान लाग्नभएकाे हाे।

निर्धारित कार्यक्रम अनुसार उहाँ बिहान ११ बजे बिर्तामोडका होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुहुनेछ। त्यसपछि दिउँसो ३ बजे दमक स्थित गोरखा डिपार्टमेन्ट स्टोर मा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै आन्तरिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

चुनावी माहोल तातिरहेको बेला झापा क्षेत्र नं ५ का एमालेका तर्फबाट उम्मेदवार समेत रहनु भएका अध्यक्ष ओलीको झापा भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। कार्यक्रमका क्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहने बताइएको छ।