अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा एमालेको झन्डा जलाएको घटनामा थप २ जना पक्राउ

दाङमा एमालेको झन्डा जलाएको घटनामा थप २ जना पक्राउ


दाङ-दाङको तुलसीपुरमा नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले दिएको जानकारीअनुसार २०८२ फागुन ७ गते राति दाङको तुलसीपुर उपमहानगरपालिका-५, वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अङ्कित झन्डा जलाइएको घटनामा थप २ युवकलाई नियन्त्रणमा लिइएको हो। 

उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकाकै वडा नं. ४, हलवारका वर्ष ३० वर्षीय प्रहरीले रमेश राना मगर र सोही उपमहानगरपालिका वडा नं. ६, गाइडरका २४ वर्षीय विक्रम परियार रहेका छन्।

फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको थियो। सोही घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा प्रहरीले यी दुई जनालाई नियन्त्रणमा लिएको हो।

यसअघि त्यही घटनामा अनुसन्धानका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी वर्ष ५५ का बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेकाे थियाे।

हालसम्म पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको खोजी जारी रहेको डीएसपी बोहराले जानकारी दिनुभयाे।