अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा नुवाकोटका नेता अशोक थापाद्वारा पार्टी परित्याग

रास्वपा नुवाकोटका नेता अशोक थापाद्वारा पार्टी परित्याग


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गर्नुभएकाे छ। फागनु ९ गते शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे हाे।

नेता थापाले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी विचार र सिद्धान्तबाट च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्बादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताउनुभयाे।

रातदिन संगठन निर्माणमा क्रियाशीलहरुलाई पाखा लगाउन एउटा तत्का क्रियाशील रहेको र पार्टी पूर्णरुपमा अलोकतान्त्रिक हुन थालेको अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको थापाले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ।

थापा २०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटको जिल्ला सदस्य र बिदुर नगर इन्चार्जको रुपमा क्रियाशील थिए । २०७९ सालमा नुवाकोट क्षेत्र नम्वर २ का उम्मेदवार रहेका रास्वपा नेता सुमनबिक्रम पाण्डे निकट मानिने थापाको बर्हिगमनलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।