अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले चुनाव भाँड्न खोज्दैछ: एमाले अध्यक्ष ओली

रास्वपाले चुनाव भाँड्न खोज्दैछ: एमाले अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाले चुनाव नजित्ने देखेपछि भाँड्न खोजेको आरोप लगाउनुभएकाे छ। भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो पक्षमा नतिजा नआउने देखेपछि रास्वपाले अनेकन हत्कन्डाहरू प्रयोग गर्न थालेको अध्यक्ष ओलीले आरोप लगाउनुभयाे।

अध्यक्ष ओलीले भन्नुभयाे, ’रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालिसकेको छ। त्यसकारण अरूको झन्डा जलाउने, नानाथरी बखेडाहरू झिक्ने, असहज परिस्थितिहरू सिर्जना गर्ने, अनेकन हत्कन्डाहरू प्रयोग गर्ने तनाव बढाउन खोज्ने र चुनाव भाँड्ने पक्षमा गएको अनुमान गर्न सकिन्छ।’

अध्यक्ष ओलीले रास्वपा आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, अर्काको पक्षमा आउँछ भने हुन नदिने खालको प्रवृत्तिमा देखा परेको बताउनुभयाे। रास्वपाको केही दिनयताका घटनाक्रमहरू हेर्दा चुनाव भाँड्नतिर केन्द्रित भएको देखिएको उहाँले बताउनुयभाे।

अध्यक्ष ओलीले भन्नभयाे,’निर्वाचन भनेको बलजफती गर्ने विषय होइन। निर्वाचन नियम कानुनभित्र स्वच्छ प्रतिस्पर्धा, स्वस्थ प्रतिस्पर्धा र शान्तिपूर्ण वातावरण र निष्पक्ष, धाँधलीरहित चुनाव हुनुपर्छ। शान्तिपूर्ण वातावरणमा हुनुपर्छ। मतदाताले निर्भय वातावरणमा गएर बिना कुनै दुविधा आफ्नो स्वेच्छाको मत निर्बाध दिन पाउनुपर्दछ। त्यो मात्रै निर्वाचन हुन्छ। त्यसको सम्पूर्ण प्रक्रिया, मतगणना र परिणाम घोषणासम्म सम्पूर्ण प्रक्रिया, मतदान अगाडिदेखिका प्रक्रिया पारदर्शी हुनुपर्छ, निष्पक्ष हुनुपर्छ।’