अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा रास्वपामाथि खनिए सहकारी पीडित, उम्मेद्वारलाई दिए विद्यालयको बिल

पोखरामा रास्वपामाथि खनिए सहकारी पीडित, उम्मेद्वारलाई दिए विद्यालयको बिल


पोखरा-सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गर्दा आफ्नो छोराको विद्यालयको बिल तिर्न नपाएको भन्दै पोखरामा सहकारीपीडित रास्वपा उम्मेद्वारमाथि खनिएका छन्।

पोखरामा शनिबार आयोजित उम्मेद्वारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेद्वार बिना गुरुङलाई आफ्नो छोराको विद्यालयको बिल थमाएका छन् । आफ्नो बचत हिनामिना हुँदा आफूले पैसा तिर्न नसकेको जैसीको भनाइ थियो।

उनले बिनालाई विद्यालयको ८० हजार रुपैयाँको बिल दिएका थिए। आफ्नो छोराले वार्षिक परीक्षा नै दिन नपाउने अवस्था रहेको उनको दुःखेसो थियो।

उम्मेद्वार गुरुङले पार्टी सभापतिलाई उक्त बिल बुझाउने प्रतिक्रिया दिइन् । उनले सभापतिको बचाउमा केही बोलिनन् । संवाद कार्यक्रममा बिनाको प्रस्तुति निकै फितलो थियो । उनलाई प्रश्नको उत्तर सामना गर्न निकै असहज भएको देखिन्थ्यो । ‘मभन्दा अग्रज यहाँ भएर उहाँहरुको अगाडि बोल्न सकिनँ होला । तर, यसको मतलब म केही काम गर्न सक्दिनँ भन्ने होइन,’ उनले आफ्नो बचाउमा बोलिन् । प्रश्नको उत्तर दिने क्रममा उनी बारम्बार अक्मकाएकी थिइन् । उनीमाथि पार्टीलाई ६० लाख रुपैयाँ दिएर टिकट ल्याएको विषय पनि संवादको क्रममा उठेको थियो ।

उनले टिकट पाएकोमा रास्वपाका नेता–कार्यकर्ता नै चकित छन् । कास्की–३ रास्वपाका जिल्ला सभापति यदुनाथ अधिकारीको निर्वाचन क्षेत्र हो । उनले टिकट पाउने चर्चा भइरहँदा बिना उम्मेद्वार बनेपछि कास्कीमा सभापति अधिकारी पक्षधर असन्तुष्ट छन् ।