अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो: एमाले अध्यक्ष केपी ओली

देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो: एमाले अध्यक्ष केपी ओली


झापा-नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा केही भएको छैन भन्ने गलत भाष्य बनाइएको बताउनुभएकाे छ। झापाको दमकमा आयोजित  अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशमा केही भएको र हुँदै गरेको बताउनुभयाे।

अध्यक्ष ओलीले भन्नभयाे, ‘देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो। धेरै भएको छ। तर अझै हुन बाँकी छ। गर्दै जानुपर्छ। आलोचना गर्नेहरूले केही पनि भएको छैन भन्छन्। तर यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ।’

अध्यक्ष ओलीले दमकको विकासमा आफूले निरन्तर काम गरिरहेको बताउनुभयाे। उहाँले आफू प्रधानमन्त्री हुँदा ३९६ पालिकामा एकैचोटी आधारभूत अस्पताल शिलान्यास गरेको स्मरण गराउनुभयाे।