काठमाडौँ-मुलुकको समसामयिक विषय, समग्र शान्तिसुरक्षा र निर्वाचनसम्बन्धी विषयवस्तुमा केन्द्रित रही गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ। केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीको उपस्थिति छ।
बैठकमा विशेषगरी तराई(मधेसमा देखिएको समस्या समाधानका साथै निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । उपयुक्त विषयमा छलफल भई आवश्यक निर्णय हुने गृह मन्त्रालयले जनाएको छ।






प्रतिक्रिया