सुनसरी-सुनसरी–३ का तीन सय बढी जेनजी युवा नेकपा (एमाले)मा प्रवेश गरेका छन्। इटहरीमा आयोजित जेनजीसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा तीन सय बढी युवा एमाले उम्मेदवार भगवती चौधरीलाई जिताउने अभियानमा सक्रिय बन्ने जनाउँदै एमाले प्रवेश गरेका हुन् ।
एमाले उम्मेदवार चौधरीले जेनजी युवालाई पार्टीमा स्वागत गर्नुभयाे। सो अवसरमा जेनजी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार भगवती चौधरीले जेनजीका माग र मुद्दाहरू एमालेले मात्र संवोधन गर्न सक्ने बताउनुभयाे। एमाले देश र जनताको सच्चा पार्टी भएको चर्चा गर्दा चौधरीले भदौ २३ र २४ गतेपछिको विषम परिस्थितिबाट मुलुकलाई अगाडि बढाउन एमालेले निर्णायक भूमिका खेलेको र पछिल्लो समय युवाहरूका माग र मुद्दाप्रति केन्द्रित भएर घोषणा पत्र तयार पारेको पनि बताउनुभयाे।
कार्यक्रममा चौधरीले देश विकास गर्न युवामा लगानी जरूरी रहेको बताउनुभयाे । उहाँले युवालाई देशमै स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभयाे।
सुनसरी–३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागि गराएर कार्यक्रम गरिएको युवा नेता सविन श्रेष्ठले बताउनुभयाे।
सुनसरी–३ का चुनावी कमाण्डर लिलम बस्नेतले चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने प्रतिवद्धता व्यक्त गरे । गत निर्वाचनमा नेपाली कांग्रेसका विजय गच्छदारलाई एमालेकी चौधरीले ५ हजार १ सय ८८ मतान्तरले जितेकी थिइन् ।






प्रतिक्रिया