अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते


मकवानपुर-मकवानपुरको मनहरी गाउँपालिका-७, बिजौनास्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

आइतबार (आज) बिहान ७ बजेतिर वीरगन्जबाट चितवन आइरहेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकका बाँया किनारमा रहेको विद्युत् पोलमा ठोकिएको प्रहरीले जनाएको छ।

बसमा सवार २२ जनालाई उद्धार गरी उपचारको लागि चितवन पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।

दुर्घटनापछि बस घटनास्थलमै रहे पनि राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस घटनास्थलमै रहे पनि राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।