अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश संकटमा छ, त्यसैले ‘सूर्य’को आवश्यकता छ : लेखराज भट्ट

देश संकटमा छ, त्यसैले ‘सूर्य’को आवश्यकता छ : लेखराज भट्ट


कैलाली-नेकपा (एमाले)का उपमहासचिव तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टले देश संकटमा रहेको बताउनुभएकाे छ। मतदातासँगको भेटघाटमा उपमहासचिव भट्टले अहिले देश र सुदूरपश्चिमको एमाले अर्थात् ‘सूर्य’ आवश्यकता भएको बताउनुभएकाे हाे।

उपमहासचिव भट्टले सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा आफूले नेतृत्व गरिरहेकाले यहाँका जनताले जिताउनुपर्ने बताउनुभयाे ।

उपमहासचिव भट्टले भन्नुभयाे, ‘सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिको नेतृत्व मैले गरिरहेको छु । कैलाली–४ ले सुदूरपश्चिमका ९ जिल्लाको नेतृत्व गरिरहेको छ । यो कुरालाई हामीले बिर्सनु हुँदैन ।’

उपमहासचिव भट्टले आफू निर्वाचित भएमा कैलाली–४ को मात्रै नभई सुदूरपश्चिमको समेत विकासको ढोका खुल्ने बताउनुभयाे। उहाँले यसका लागि सबै एक ठाउँमा आएर सूर्यमा मतदान गर्नुपर्ने बताउनुभयाे ।

यस्तै, उपमहासचिव भट्टले आफूले यसै क्षेत्रमा जीवन बिताएको भन्दै यहाँका सबै समस्या बुझेको पनि बताए । उनले भने, ‘मैले यही जीवन बिताएको हुँ । सुदूरपश्चिमलाई समृद्धि बनाउन जोस, जाँगर छ, सुन्दर सुदूरपश्चिम बनाउने इच्छा छ । यहाँका सबै समस्या मैले बुझेको छु ।’

उपमहासचिव भट्टले कैलाली–४ को विकासका लागि आफूले सधैं प्रयत्न गरेको र त्यो जारी रहेको पनि बताए । उनले यस क्षेत्रलाई सुन्तला जोन बनाउने बताए ।