दमक-नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईसाई समाजले ९ बुँदे माग सहित ध्यानाकर्षण गराएको छ। आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहनु भएका अध्यक्ष ओलीलाई समाजका अगुवाहरुले भेट गरि धर्मनिरपेक्ष मुलुकमा सवै धर्म र आस्थाहरुलाई समान व्यवभार गर्ने व्यवस्था मिलाई दिन आग्रह सहित सो माग पत्र बुझाएको हो।

समाजका नगर अध्यक्ष हेमन्त सुव्वा, सल्लाहकार आकाश थुलुङ् सहितका अगुवाहरुले ओलीलाई भेट गरि मृत्यु पछिको संस्कारका लागि समाधीस्थलको व्यवस्था, ईसाईका मुख्य पर्वलाई राष्ट्रिय पर्व र विदामा समावेश गर्ने लगायतका विषय सहितको माग पत्र बुझाउनु भएको हो ।
आसन्न प्रतिनिधी सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका ओली हाल आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहनु भएको छ ।






प्रतिक्रिया