दमक-नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आए पछि संविधान संशोधन गरिने बताउनुभएकाे छ।
आफ्नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहनुभएका अध्यक्ष ओलीले आज दमकमा आयोजित एक कार्यक्रममा अहिले संविधान संशोधनका कुरा निकालेर कोहिले पनि नसुन्ने बताउनुभययाे । नेपाली कांग्रेससँगको सहकार्यमा सरकार भएका बेला नै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको अध्यक्ष ओलीले स्मरण गराउनुभयाे त्यस बेला परिस्थितिनै खराव ढंगबाट विकास गरिएका कारण यो विषय थाति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले उपयुक्त समय आए पछि संशोधन गरिने बताउनुभयो।

जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरुलाई समावेश गरि संविधान संशोधन गरिने उहाँको भनाई छ।
त्यस्तै अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखे पछि केही तत्व समाज भाँड्न लागि परेको टिप्पणी गर्नुभयाे । रास्वपा तर्फ लक्षित गर्दै उहाँले रौतहटको पछिल्लो घट्ना पनि यसैको उपज रहेको बताउनुभयाे । चुनाव भाँड्ने, समुदायमा विद्वेष फैल्याउने, अराजकता निम्त्याउनेहरु सक्रिय हुँदै गएको भन्दै उहाँले यस्ता कुराहरु नेपाली समाजका लागि पाच्य नहुने बताउनुभयाे ।






प्रतिक्रिया