अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौर साम्प्रदायिक विवादपछि शान्ति बहालीका लागि सर्वदलीय बैठक

गौर साम्प्रदायिक विवादपछि शान्ति बहालीका लागि सर्वदलीय बैठक


रौतहट-रौतहटको सदरमुकाम गौर नगरपालिका–६ स्थित सबगढा टोलमा भएको साम्प्रदायिक विवाद उग्र बनेपछि जनधनको क्षति रोक्न जारी गरिएको कर्फ्युका बीच जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकले शान्तिपूर्ण वातावरण कायम गर्न सार्वजनिक अपिल जारी गर्ने, दोषीमाथि कानुनी कारबाही अघि बढाउने तथा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ। बैठकले घटनाप्रति खेद प्रकट गर्दै सबै पक्षलाई संयमित भई सामाजिक–धार्मिक सद्भाव कायम गर्न आग्रह गरेको छ।

बैठकले जिल्लाभर धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव सुदृढ गर्न सोमबार बिहान ७:३० बजे सबगढामा नागरिक समाजको अगुवाइमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ। सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने र उक्साहट गर्ने गतिविधिमाथि कडा निगरानी र आवश्यक कारबाही गर्ने निर्णयसमेत गरिएको छ।

जिल्ला प्रशासनले सबै नागरिकलाई संयमता अपनाउन, अफवाहको पछि नलाग्न र शान्ति कायम गर्न सहयोग गर्न अपिल गरेको छ।