अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँमा बसबाट खसेर वृद्धाको मृत्यु

काठमाडौँमा बसबाट खसेर वृद्धाको मृत्यु


काठमाडौँ-काठमाडौँको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धाको भएको छ।

काठमाडौँ महानगरपालिका–३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।