अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुङ्गा एमालेको प्रतिबद्धता– विधायकी भूमिकामा अब्बल, जिल्लाको विकासमा सबल सांसद

ओखलढुङ्गा एमालेको प्रतिबद्धता– विधायकी भूमिकामा अब्बल, जिल्लाको विकासमा सबल सांसद


ओखलढुङ्गा-नेकपा एमालेले ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई जिताउन आह्वान गर्दै विधि निर्माणदेखि विकास निर्माणसम्मका एजेण्डा समेटेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय घोषणापत्र नै मूल दस्ताबेज भए पनि जिल्लाको सन्दर्भ समेटेर विगतमा भएका काम र अब गर्ने कामहरुको सूचीसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको निर्वाचन परिचालन कमिटी संयोजक समेत रहेका नेता यज्ञराज सुनुवारले बताउनुभयो।

उम्मेदवार थापाको तर्फबाट सार्वजनिक प्रतिबद्धतापत्रमा दूधकोशी, मोलुङ र लिखु करिडोरका सडक सम्पन्न गर्ने, मध्यपहाडी लोकमार्गको रेखांकन परिवर्तन गरेर ओखलढुङ्गाको केन्द्रभागबाट लैजान पहल गर्ने लगायतका विषय समेटिएका छन्। त्यस्तै कृषिबाटै आर्थिक आत्मनिर्भरताका एजेण्डादेखि बाँदर वन्यजन्तुबाट खेती जोगाउने विषय समेत समेटिएको प्रतिबद्धतापत्रमा युवालाई सूचना प्रविधिमार्फत स्वरोजगारमा जोड्ने र युवा उद्यमशीलताका विषय समेटिएको छ।

प्रतिबद्धतापत्रमा कृषि व्यवसायीकरण, यान्त्रिकीकरण र सहकारीमार्फत उत्पादन बिक्री ग्यारेन्टीको नीति अघि सारेको छ। जिल्लाको करिब ५० प्रतिशत भूभाग ओगटेको वन क्षेत्रलाई आयआर्जन र स्थानीय उपभोगमा प्रयोग गर्ने नीतिगत पहल गरिने उम्मेदवार थापाले बताउनुभयो।

पारिवारिक स्वास्थ्य कार्यक्रमदेखि अस्पतालहरुको स्तरोन्नति र जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत सेवा प्रवाहको विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख छ। वन जंगलजस्ता प्राकृति सम्पदालाई आर्थिक उपार्जनमा जोड्न कानूनी व्यवस्थाका लागि सांसदका रुपमा पहल गर्ने प्रतिबद्धता पनि उम्मेदवार थापाले व्यक्त गर्नुभएको छ।

ओखलढुंगाको पर्यटन प्रबद्र्धन तथा पदमार्गहरुको निर्माण तथा विस्तार गर्दै जिल्लाभित्रका रुम्जाटार र चण्डेश्वरी विमानस्थल सन्चालनको एजेण्डा पनि एमालेको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ।

प्रतिबद्धतापत्रमा सार्वजनिक सेवा प्रवाहलाई उत्तरदायी बनाउन सांसदको पहलमै नागरिक संयन्त्र निर्माण गर्नेदेखि विकाससहितका समस्याको समाधानमा सांसद भन्ने नारा अघि सारिएको छ।