अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिक रूपमा चुनाव चिन्ह बोकेर प्रचारप्रसारमा जान आयोगले लगायो रोक

भौतिक रूपमा चुनाव चिन्ह बोकेर प्रचारप्रसारमा जान आयोगले लगायो रोक


काठमाडौं-निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य प्रकृतिका सामग्रीबाट बनेका भौतिक स्वरूपमा चुनाव चिह्न प्रयोगमा रोक लगाएको छ।

आयोगका प्रवक्ता नारायण भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै भौतिक स्वरूपको चुनाव चिन्ह प्रयोग गरेको उजुरीका आधारमा सुरक्षा जोखिम रहेकाले प्रयोग नगर्न भनेका हुन्।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिन्ह घण्टी भौतिकरुपमा प्रयोग गर्दै आएको थियो। आयोगको निर्देशनअनुसार अब रास्वपाले घण्टी बोकेर चुनाव प्रचारप्रसारमा जान पाउँदैन।

आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्दै तोकिएको मापदण्डअनुसार झण्डा र चुनाव चिन्हमार्फत मात्र प्रचारप्रसार गर्न भनेको छ ।