मकवानपुर-राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टीको नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नुभएकाे छ । पराजुलीले रास्वपा परित्याग गरेसँगै कांग्रेस फर्किनुभएको हो।
पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा सोमबार बिहान पार्टीमा स्वागत गर्नुभयाे । पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक नीराजन बर्तौला काङ्ग्रेसमा फर्किनुभएको छ।
पराजुली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट थिए । पराजुलीले यसअघि २०७९ मा भएको निर्वाचनमा मकवानपुर–२ बाट १२ हजारभन्दा बढी मत प्राप्त गरेका थिए ।
पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौला पनि कांग्रेसमा फर्किएको बताइएको छ।
रास्वपा परित्याग गरेका पराजुलीले वर्तमान नेतृत्वले रास्वपाले स्थापना कालमा ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता लत्त्याएको आरोप लगाउनुभयाे। यस्तै उहाँले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएपछि बाध्य भएर पार्टी छोड्नुपरेको दाबी गर्नुभयाे।






प्रतिक्रिया