काठमाडौं-जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ। आइतबार साँझ युवा समूह बीच झडप भएको थियो। झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभइसम्मका लागि कर्फ्यू लगाइएको हो।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू लगाइएको छ। यी चार किल्लाभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ।







प्रतिक्रिया