दमक-नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश घोषणा सभामा सर्वसाधारणको आउने क्रम तिव्र बनेको छ। झापाको दमकमा आज हुने घोषणा सभामा सहभागी हुनका निम्ति सर्वसाधारण आउने जारी छ। केही समपछि सो सभालाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ।
सो सभामा सहभागी हुन झापा क्षेत्र नं. ५ का विभिन्न बस्तिबाट सर्वसाधारणको उल्लेख्य सहभागीता भइरहेको छ। मतदाता तथा सर्वसाधारणहरु विभिन्न जुलुस, र्याली सहित सभा स्थल दमक ७ को पशुहाट क्षेत्रमा प्रवेश गरि रहेका छन् ।









प्रतिक्रिया