अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ यात्रु घाइते

उदयपुरको कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ यात्रु घाइते


उदयपुर–उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सोमबार कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको बस उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित जोगी टोलमा दुर्घटना हुँदा १२ जना घाइते भएको हा।

ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुरको क्यूआरटी टोली घटनास्थल पुगेको छ। 

सशस्त्र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरेर अस्पताल पु¥याएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।