झापा-नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को कोशी प्रदेश स्तरीय भेला झापाको दमकमा सुरु हुँदैछ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सो भेलामा कोही प्रदेशका विभिन्न जिल्लाबाट फोर्सका कार्यकर्ता सहभागी हुने जनाइएको छ।
फोर्सका कोशी प्रदेश संयोजक राजकुमार थापाका अनुसार करीब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको छ।
थापाका अनुसार झापा ५ का जनताहरूको पनि उल्लेख्य उपस्थिति हुने सभामा गायक वैकुण्ठ महतको टिमले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ।
सभालाई फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले पनि सम्बोधन गर्ने छन् ।

















प्रतिक्रिया