झापा-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने चुनावमा कसैले बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिनुभएको छ।
फागुन ११ सोमबार झापाको दकममा पार्टीकाे नेसनल भोलेन्टियर फोर्सको कोशी प्रदेश स्तरीय घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बुथ कब्जा गर्न नदिइने चेतावनी दिनुभएको हाे।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मतदान गर्नको लागि कुनै अवरोध हुन हुँदैन। एमाले सधैँ अडिग रहँदै आएको छ। कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरेर हुन्छ। बुथ कब्जा गर्ने छुट दिइने छैन, कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन।’
त्यसका लागि भोलिन्टियर्स फोर्स गठन गरिएको अध्यक्ष ओलीले बताउनुभयो। उहाँले हरेक बुटमा भोलिन्टियर्स राख्ने बताउनुभयो। अध्यक्ष ओलीले देशभरका हरेक बुथमा कम्तिमा ३० जना राख्न निर्देशन दिनुभएको छ।
प्रहरी र सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न फोर्सले सहयोग गर्ने उहाँकाे भनाइ थियो।
अध्यक्ष ओलीले एमालेबाहेक अरू कसैले हामीले देशका लागि काम गरेका छौँ भन्न नसक्ने जिकिर गर्नुभयाे। उहाँले देशमा काम धेरै भइरहेको र अधुरा काम पूरा गर्न बाँकी रहेको बताउनुभयाे।






प्रतिक्रिया