झापा-नेकपा एमालेका अध्यक्ष तथा झापा-५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गर्नुभएको छ।
फागुन ११ गते सोमबार झापाको दमकमा आयोजित नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जति पटक आफूले सरकार छाड्यो त्यतिबेला देशमा कुनै काम नहुने बताउनु बताउनुभयो।
अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गर्नासाथ व्यापक काम हुने र त्यो देखेपछि विरोधीहरू थर्कमान हुने जिकिर गर्नुभयाे।उहाँले सरकारको नेतृत्वमा रहँदा मुलुकको समृद्धिका लागि अभियान नै सञ्चालन गरेको दाबी समेत गर्नुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्। भूमिगत गिरोह पनि थर्कमान हुन्छ। त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाइहाल्छ। अनि काम रोकिन्छ, काम बन्द हुन्छ। मलाई सरकारबाट हटाएपछि ड्राईभर विनाको गाडीजस्तो हुन्छ देश। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यही बस्छ। म सरकारमा आउने वित्तिकै फेरि देश कुद्छ।’






प्रतिक्रिया