झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा एमाले मात्र रहेको बताउनु भएको छ। झापा निर्वाचन क्षेत्र नम्बर-५ मा पर्ने झापाको दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने पनि बताउनुभयो।

देशमा भएको तोडफोड, आगजनी र विध्वङ्सबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी नेकपा एमाले जनताकै विचमा रहेको बचाउनुभयो ।देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने ओलीले बताउनु भयो।
अध्यक्ष ओलीले जनताका विचमा गएर काम गर्ने, देशलाई समृद्धीको युगमा प्रवेश गराउने, शिक्षा-स्वास्थ्य-रोजगारी जस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृद्धी गर्ने पार्टी कुन हो नेपाली जनताले चिनि सकेको समेत बताउनुभयो।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेद्वार रहनु भएको छ। अध्यक्ष ओलीको गृहनगरबाटनै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको हो।






प्रतिक्रिया