अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको टिप्पणी: बच्चाबच्चीलाई सोध्यो भनेपनि ‘प्रधानमन्त्री, राष्ट्रपति’ बन्छु भन्छ, तर बन्दैन

एमाले अध्यक्ष ओलीको टिप्पणी: बच्चाबच्चीलाई सोध्यो भनेपनि ‘प्रधानमन्त्री, राष्ट्रपति’ बन्छु भन्छ, तर बन्दैन


झापा-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय मान्छेहरूले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गर्नुभएको छ।

झापा निर्वाचन क्षेत्र नम्बर-५ मा पर्ने झापाको दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।

अध्यक्ष ओलीले बच्चाबच्चीलाई सोध्यो भने ‘प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ पनि भन्न सक्ने पनि बताउनुभयो ।‘म सुन्छु प्रधानमन्त्रीका उम्मेदवार भन्ने कतिपय मान्छेले बच्चाबच्चीलाई सोध्यो भने, तिमी के हुने भन्यो भने प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तर उ बन्ने होइन नि । त्य ख्यास्तैल ख्यालजस्तो लाग्यो मान्छेलाई । भनिदिए।’

अध्यक्ष ओलीले सरकारको नेतृत्वमा रहँदा मुलुकको समृद्धिका लागि अभियान नै सञ्चालन गरेको दाबी समेत गर्नुभयाे । देशलाई समृद्ध बनाउनका लागि एमालेको विकल्प नभएकाले आसन्न निर्वाचनमा नेपाली जनताले एमालेलाई मतदान गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।