धनुषा-धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा महिला प्रहरीको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार महोत्तरीको बर्दिबास नगरपालिका–९ बस्ने इलाका प्रहरी कार्यालय हरिपुर, सर्लाही दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीमा कार्यरत अन्दाजी वर्ष २६ की प्रहरी जवान चन्द्रकला कुमारीको ज्यान गएको हो।
दुर्घटनामा मोटरसाइकल चालक मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषामा लेखा प्रमुखको रूपमा कार्यरत प्रहरी निरीक्षक विजय कुमार यादव घाइते भएका प्रहरीले जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्माचोकमा मुरली चोकबाट जिरोमाईलतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०१०४ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ७३५२ नं.को मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो।
घाइते चन्द्रकलालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्। उनको शव सोही अस्पतालमा राखिएको छ।






प्रतिक्रिया