काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गर्नुभएको छ।
संघीय निर्वाचन परिचालन समिति सदस्य समेत रहेका दोलखाका चौलागाईंले रास्वपाभित्र अपारदर्शिता रहेको उल्लेख गर्दै पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे हाे।
रास्वपाको संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईं लामो समयदेखि पार्टीको संगठन विस्तार र निर्वाचन परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियाे ।
उनले जनताको प्रत्यक्ष सुख दुःखमा जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्यदिशा आवश्यक रहेकोसमेत उल्लेख गरेका छन् ।







प्रतिक्रिया