अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार


काठमाडौँ-नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हाे ।

सर्वोच्चले बास्तोलालाई पक्राउको कारण पेस गर्न पनि सरकारको नाममा आदेश गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो।

रिटमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाण्डौ , काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु , जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख , जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुखललाई विपक्षी बनाइएको थियो ।