सर्लाही-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएकाे छ। सभापति थापाले आज आफ्नो छुट्टै प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएकाे हाे।
सभापति थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण आधार भूमि रहेको उल्लेख गर्नुभएकाे छ।
सभापति थापाले स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। उहाँले विभिन्न नौ ओटा अभियानलाई बुँदागत रूपमा समेट्दै प्रतिज्ञा पत्र सार्वजनिक गर्नुभएकाे छ।
सभापति थापाले “कापी कलम अभियान” अन्तर्गत गणित, विज्ञान र अंग्रेजी शिक्षकको व्यवस्था, विद्यालयलाई प्रविधिमैत्री बनाउने, विपन्न तथा दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिने, मातृभाषामा शिक्षा सुनिश्चित गर्ने र प्राविधिक शिक्षा विस्तार गर्ने योजना प्रस्तुत गर्नुभएकाे छ। साथै छोरीहरूको शिक्षालाई प्रोत्साहन गर्न “सबल छोरी अभियान” सञ्चालन गरिने उहाँले बताउनुभयाे।
“स्वस्थ नागरिक अभियान” अन्तर्गत स्थानीय स्वास्थ्य संस्थामा जनशक्ति र पूर्वाधार विस्तार, प्रत्येक स्थानीय तहमा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, सर्पदंश तथा कालाजारको निःशुल्क उपचार, मोबाइल क्लिनिक सेवा, कुपोषण न्यूनीकरण कार्यक्रम र लागुऔषध विरुद्ध अभियान सञ्चालन गर्ने योजना उहाँले सार्वजनिक गर्नुभएकाे छ।
“कृषि उत्थान, किसान गौरव अभियान” अन्तर्गत उखु बक्यौता भुक्तानी, मल र बिउको सहज उपलब्धता, शीत भण्डार निर्माण, न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने र कृषि उद्यमका लागि सहुलियत ऋण उपलब्ध गराउने योजना रहेको सभापति थापाले बताउनुभयाे। उहाँले सर्लाहीमा आपत्कालीन मल भण्डार स्थापना र मल कारखाना मधेशमा ल्याउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे।
पूर्णपाठ








प्रतिक्रिया