अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राँचीबाट दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटना, ७ जनाको मृत्यु

राँचीबाट दिल्ली जाँदै गरेको एयर एम्बुलेन्स दुर्घटना, ७ जनाको मृत्यु


काठमाडौं-झारखण्डको राँचीबाट दिल्ली जाँदै गरेको चार्टर्ड विमान एयर एम्बुलेन्स चतरामा दुर्घटनाग्रस्त हुँदा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा विमानमा सवार सबै सात जनाको मृत्यु भएको हो, जसमा बिरामी, उनकी श्रीमती, डाक्टर र दुई पाइलट थिए ।

रेडबर्ड एयरवेजको बीचक्राफ्ट सी९० विमान राँचीको बिरसा मुण्डा विमानस्थलबाट सोमबार साँझ ७ः११ बजे दिल्लीको लागि प्रस्थान गरेको थियो । उडान भरेको लगभग २३ मिनेट पछि, साँझ ७ः३४ बजे कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग विमानको सम्पर्क टुटेको थियो ।

खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ तर विमानको ब्ल्याक बक्स अझै फेला नपरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।