अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा मालेले दाङका तीनवटै क्षेत्रमा एमालेलाई समर्थन गर्ने

नेकपा मालेले दाङका तीनवटै क्षेत्रमा एमालेलाई समर्थन गर्ने


दाङ-नेकपा (माले_ दाङले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ।

सहमतिअनुसार दाङका तीनवटै निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारहरुलाइ मतदान गर्ने र आगामी स्थानीय र प्रदेश निर्वाचनमा पनि माले र एमाले पार्टीबिच सहकार्य गरिने भएको हो। 

नेकपा मालेका पोलिटब्युरो सदस्य महेन्द्र शाह, जिल्ला सचिव नेत्र प्रकाश पान्डे तथा नेकपा (एमाले) का लुम्बिनी प्रदेश कमीटिका सदस्य हुकुमबहादुर बस्नेत र एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी बीच आज मंगलबार लिखित सहमति भएको हो।

दाङ क्षेत्र नम्बर १ मा नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका सदस्य रेवतिरमण शर्मा, २ मा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र ३ मा पार्टी केन्द्रिय सदस्य घनस्याम पाण्डे हुनुहुन्छ।