काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु.३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला रु.३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो। यस अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजार ३ सयले वृद्धि भएको हो।
त्यस्तै, आज सुन प्रतिदश ग्राम रु.२ लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ। हिजो प्रतिदश ग्राम रु २ लाख ६८ हजार ७ सय ७५ रहेको थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला रु ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला रु ५ हजार ५ सय ९५ रहेको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ।






प्रतिक्रिया