अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घरदैलोमा ईश्वर पोखरेल: राष्ट्रिय मुद्दालाई प्राथमिकता दिने उद्घोष

घरदैलोमा ईश्वर पोखरेल: राष्ट्रिय मुद्दालाई प्राथमिकता दिने उद्घोष


काठमाडौं-नेकपा एमालेका नेता एवं काठमाडौं क्षेत्र-५ का उम्मेदवार ईश्वर पोखरेलले घरदैलो अभियानलाई तिब्रता दिनुभएको छ। घरदैलोका क्रममा नेता पोखरेलले आफ्ना योजनाहरु पनि मतदातालाई सुनाइरहनुभएको छ।

मंगलबार आफ्नै निर्वाचन क्षेत्र बालुवाटारमा भेटिएका उहाँले आगामी राजनीतिक योजना र प्राथमिकताहरु बताउनुभयाे। नेता पोखरेलले आफू निर्वाचित भएपछि राष्ट्रिय स्तरका एजेण्डाहरुलाई अगाडि बढाउनुका साथै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका कामलाई सँगसँगै अगाडि बढाउने बताउनुभयाे।

नेता पोखरेलले भन्नुभयाे, ‘निर्वाचित भएर गइसकेपछि राष्ट्रिय स्तरका एजेन्डाहरूलाई अगाडी बढाउन भूमिका खेल्ने छु। निर्वाचन क्षेत्र भित्रका विकास निर्माणका कामलाई निरन्तरता दिनेछु। देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता, स्वतन्त्रता र अभिमानको पक्षमा उभिने छु। जातीय सद्भावलाई कायम राख्ने र जनतालाई सेवा प्रवाह गर्ने कार्यसूचीमा केन्द्रित रहेर अघि बढ्ने छौं।’

नेता पोखरेलले निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास निर्माणका योजना पनि प्रस्तुत गर्नुभयाे । नेता पोखरेलले जनसम्पर्कको महत्त्वलाई पनि जोड दिँदै घरदैलो कार्यक्रमको माध्यमबाट आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी लागेको सुनाउनुभयो।

उहाँका अनुसार, राष्ट्रिय स्तरका एजेण्डाहरुमा देशको हित र सार्वभौमिकता सुनिश्चित गर्ने निर्णयहरुमा सधैं सक्रिय भूमिका रहनेछ भने स्थानीय विकासका कार्यहरुमा पनि निरन्तर निगरानी र पहल गर्ने पनि दोहोर्‍याउनुभयो।