अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब कुनै पनि बहानामा निर्वाचन सार्ने कुरा स्वीकार्य हुँदैन: एमाले

अब कुनै पनि बहानामा निर्वाचन सार्ने कुरा स्वीकार्य हुँदैन: एमाले


काठमाडौ-नेकपा एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनप्रति आशङ्का पैदा भएको बताउनुभभएकाे छ। पार्टी कार्यालय च्यासल, ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फागुन २१ मै चुनाव हुनुपर्ने बताउनुभयाे।

निर्वाचन कुनै बहानामा सार्ने कुरा आफूहरूलाई स्वीकार्ने नहुने शाहीले चेतावनी दिनुभयाे। उहाँले भन्नुभयाे, ‘हामीलाई चुनाव सर्छ भन्ने शङ्का छैन तर जे हल्ला पिटाइएको छ। त्यसैले निर्वाचन हुन्छ र भन्ने शङ्का उत्पन्न सबैलाई भएको छ। त्यो शंकाको अन्त्य गर्ने काम सरकारको हो। निर्वाचन हुन्छ, शान्ति सुरक्षाको प्रत्याभूति हामी दिलाउँछौँ र मतदाताहरूले स्वतन्त्र भयरहित ढङ्गले मतदान गर्न पाउँछन् भन्ने प्रत्याभूति सरकारले दिलाउनुपर्छ।’

उहाँले निर्वाचन कुनै पनि बाहानमा सार्न नपाइने भन्दै षड्यन्त्रको साथ हल्ला बजारमा चलाइएको आशङ्का व्यक्त गर्नुभयाे।