अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनबारे एमालेले उठाएका यी हुन् ५ विषय (पूर्णपाठ)

निर्वाचनबारे एमालेले उठाएका यी हुन् ५ विषय (पूर्णपाठ)


काठमाडाैँ-नेकपा एमालेले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनबारे ५ विषयमा प्रस्ट पारेको छ। मंगलबार आम निर्वाचन २०८२ का एमाले प्रचार संयोजक मीन बहादुर शाहीले पत्रकार सम्मेलन गर्दै पार्टीको धारणा प्रस्ट पार्नुभएकाे हाे । 

पत्रकार सम्मेलनमा लिखित प्रेस वक्तव्य वाचन गर्दै शाहीले निर्वाचनको सम्मुखमा सरकारले निषेधाज्ञा, कर्फ्यु लगाएर डर त्रास सिर्जना गरेकोमा चिन्ता प्रकट गर्दै एमालेको लोकप्रियता बढेको तथा कथित ‘भोट फर चेन्ज’ नभई ‘भोट फर नेशन’ भन्ने उच्च मनोबलका साथ एमालेका नेता कार्यकर्ता जनताको घरघरमा पुगिरहेको बताउनुभयाे ।

आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख शाहीले निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको भएपनि मत मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाउनुभयाे। उहाँले भन्नुभयाे, ‘नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ। सार्वजनिक खपतका लागि सार्वजनिक गरिने यस्ताखाले प्रायोजित एकपक्षीय तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ। यी कार्यबाट निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमन, स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता गुमेको छ।’

निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा मुलुक अघि बढिरहेको बेला सम्बन्धित निकाय, सञ्चारमाध्यमले प्रचलित कानुनी व्यवस्था, व्यावसायिक आचारसंहिता, उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको छ। उहाँले सामाजिक सञ्जालको दुरुपयोग र कृत्रिम सामग्री नियमन हुन सकेन भनेको जनाएको छ।

उहाँले भन्नुभयाे ‘सूचना, समाचार, शिक्षा, मनोरञ्जन र भेटघाटका लागि अहिले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब, वीच्याट, वाट्सएप, भाइबर आदि)सूचना आदान–प्रदानका प्रमुख माध्यम बनेको छ। यी माध्यमहरूबाट सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिकलगायत विषयमा सकारात्मक बहस हुनु सबल पक्ष हुन्। तर पछिल्लो समय गलत सूचना, अनर्गल दुष्प्रचार र कृत्रिम सामाग्रीहरू प्रसारले सामाजिक सद्भाव भड्काउने, राजनीतिक ध्रुवीकरणको भाष्य खडा गर्ने गम्भीर चुनौती सिर्जना गरेको छ।’