अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भगवती चौधरीको प्रतिवद्धता: सुनसरी-३ मा ‘गफ र आश्वासन मात्र होइन, काम गरेर देखाउछु’

भगवती चौधरीको प्रतिवद्धता: सुनसरी-३ मा ‘गफ र आश्वासन मात्र होइन, काम गरेर देखाउछु’


इटहरी-नेकपा एमालेका नेता तथा सुनसरी जिल्ला क्षेत्र नम्बर ३ की उम्मेदवार भगवती चौधरीले जनताको जीवनस्तर परिवर्तन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आफू पद र प्रतिष्ठाका लागि नभई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित राजनीतिमा आएको चौधरीले बताउनुभएको हो।

उम्मेदवार चौधरीले सुनसरी–३ का प्रत्येक घरआँगनमा खुशीयाली र अनुहारमा मुस्कान ल्याउने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ।

युवालाई रोजगारीको अवसर सिर्जना गर्ने, महिलालाई सशक्त बनाउने, किसानलाई मल, बीउ र आधुनिक उपकरण उपलब्ध गराउने तथा समग्र क्षेत्रको दिगो विकास गर्ने आफ्नो प्राथमिकता रहेको उहाँको प्रतिवद्धता छ।

नेता चौधरीले जनतासामु गफ र आश्वासन मात्र होइन, काम गरेर देखाउने प्रतिबद्धता दोहोर्‍याउँदै जनताको भरोसालाई नै आफ्नो सबैभन्दा ठूलो शक्ति बताउनुभयो।

चौधरीले समृद्ध सुनसरी–३ निर्माणका लागि सबै मतदातालाई एकजुट हुन आग्रह गर्दै नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आह्वान गर्नुभएको छ । ‘म तपाईंहरूकै छोरी, दिदीबहिनी र साथी हुँ। तपाईंहरूको विश्वास र साथले नै सुनसरी–३ लाई विकास र समृद्धिको नयाँ यात्रामा अगाडि बढाउन सकिन्छ,’ उहाँले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।  उहाँको यो प्रतिबद्धताले स्थानीय मतदातामा विकास र परिवर्तनको अपेक्षा थप बलियो बनेको देखिएको छ।

“समृद्ध सुनसरी–३, सम्मानित नागरिक”

सुनसरी क्षेत्र नम्बर ३ की नेकपा एमाले उम्मेदवार म भगबती चौधरीका प्रतिबद्धताका मुख्य बुदाँहरु

मेरो स्पष्ट योजनाः “नारा होइन, नतिजा”

नसक्ने काम गर्छु नभन्ने,जे भनेको छ गर्ने ।

अरु उम्मेदवारको आलोचना नगर्ने,आफना कुरा राख्ने ।

भ्रष्ट्राचार नगर्ने र भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता अपनाउने ।

१. निर्वाचन क्षेत्रमा विकासका योजनाको लहर

पछिल्लो ३ वर्षमा १ अर्ब २३ करोड रुपैयाँ बराबरका विकास योजना सञ्चालनमा ल्याइएको छ ।

तीमध्ये अधुरा कामलाई पूर्णता दिइनेछ- काम रोकिँदैन, गति बढ्ने छ । थप योजना सञ्चालनमा ल्याइनेछ ।

२. आवासः विपन्नको आधार

२७५ विपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरेकी छु।

आगामी २ वर्षभित्र थप ४सय परिवारलाई सुरक्षित घर निर्माण गरी हस्तान्तरण गर्ने छु ।

३. रोजगारीः “काम, कमाइ र सम्मान”

हालसम्म २ हजार जनालाई प्रत्यक्ष रोजगार दिएकी छु ।

अब कम्तीमा ५ हजार थप रोजगारी सिर्जना गर्ने छु ।

युवालाई एआईमा आधारित सूचना प्रविधिको तालिम दिई घरमै बसेर आयआर्जन गर्न सकिने बनाउने छु ।

४. महिला सशक्तीकरण

५० हजार महिलालाई स्वरोजगार बनाएकी छु ।

थप ५० हजार महिलालाई आयआर्जनमा जोडने छु ।

गरिब, विपन्न महिलालाई आयआर्जनमा जोड्न तीन वर्षका लागि बिउ पूँजीका रुपमा तीन लाख सम्म सहुलियत ऋण प्रवाह गर्न ठोस पहल गर्नेछु

५. प्रशासनिक सेवा सुधार

सरकारी कार्यालय, अस्पताल, बैंकमा लाइन लाग्ने बाध्यता अन्त्य गर्न पहल गर्ने छु ।

६. स्वास्थ्यः सबैका लागि

विपन्नलाई निःशुल्क उपचारको व्यवस्थाका लागि पहल गर्ने छु ।

इटहरी र दुहबी अस्पतालको स्तरोन्नति गरिने छ।

लुनकरणदास च्यारिटी अस्पताल, दुहबीमा बर्थिङ सेन्टरसहित सेवा विस्तार गरिने छ ।

इटहरी,दुहबी,गढि,बर्जु र इनरुवा ७ मा प्रत्येक हप्ता साप्ताहिक स्वास्थ्य शिबिर संचालन गरिने छ ।

ज्येष्ठ नागरिकलाई दाँत लगाइदिने गरी ‘दन्त उपहार’ कार्यक्रम सञ्चालन गरिने छ ।

७. बाढी–कटान नियन्त्रण

दीर्घकालीन योजनासहित खोलाहरूमा प्रभावकारी तटबन्ध निर्माण गरिनेछ ।

८. पर्यटन प्रवद्र्धन

बर्जुताललाई कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने छ ।

गढीको गढदेब बुद्धलाई पर्यटकीय क्षेत्र बनाउन ७ करोड बजेटको काम भइरहेको छ । गढदेब बुद्धलाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रुपमा बिकास गरिने छ ।

बुढी झरनाको पानी शुद्धीकरण र सुरक्षा व्यवस्थापन गरी पर्यटकीय स्थलका रूपमा विकास गरिने छ ।

बहुजातीय ग्राम,थारू सङ्ग्रहालय तथा होमस्टे सञ्चालन तथा प्रवद्र्धन गरिनेछ ।

बिभिन्न जातजातीको पूजा स्थल तथा ग्रामथानको संरक्षण गरिने छ ।

बिभिन्न जातजातीहरुको सास्कृतिक पहिचान लाई संरक्षण र संबद्धन गरिने छ ।

९. कृषि क्रान्ति

तरकारी पकेट क्षेत्रहरू घोषणा गरिने छन ।

उखु खेतीलाई प्रोत्साहन गर्दै उखुको उचित मूल्य र समयमै भुक्तानीका लागि पहल गर्ने छु ।

किसान नेट,किसान ग्याँस,किसान मार्ट,किसान वेयर हाउस र गोदाम हाउस संचालन गरिने छ ।

मल, बीउबिजन समयमै उपलब्ध गराउन सशक्त पहल गर्ने छु ।

कृषिलाई आधुनिकीकरण,यान्त्रीकरण र उत्पादनमुखी बनाउन विशेष व्यवस्था गरिनेछ ।

सुनसरी ३ मा बाँझो खेत नराख्ने गरी उत्पादनमा प्रयोग गरिने छ ।

१०. शिक्षाः एआईमा आधारित भविष्य

विद्यालयहरूमा कम्प्युटर तथा एआईमा आधारित शिक्षण प्रणाली अवलम्बन गर्न शिक्षक,बिद्यार्थीहरुलाई तालिम प्रदान गरिने छ।

शिक्षा, सीप र रोजगारलाई सँगसँगै लगिनेछ ।

आउ,पढ,कमाएर तिर शैक्षिक ऋण कार्यक्रममा बिद्यार्थीहरु सहभागि गराइने छ ।

११. पूर्वाधार विकास

सडक, पुल लगायत भौतिक पूर्वाधारलाई प्राथमिकता दिइने छ ।

दातृ संस्थाको सहयोगमा स्वच्छ पिउने पानी सबै घरमा पु¥याउन पहल गरिने छ ।

१२. सामाजिक न्याय

भूमिहीन सुकुम्बासीलाई धनीपूर्जा उपलब्ध गराउन पहल गरिने छ ।

श्रमिक तथा मजदुरहरूको न्यूनतम पारिश्रमिक २५हजार पुर्याइने छ ।

नागरिकता लिन नसकेका नेपाली नागरिकका लागि आवश्यक सहजिकरणका गर्न हेल्प डेक्स स्थापना गर्ने छु ।

१३.व्यापार

यस क्षेत्रमा ठूला उद्योग सञ्चालनका लागि आकर्षित गरिनेछ ।

रुग्ण उद्योगको समस्या समाधान र संचालनका लागि पहल गरिने छ ।

साना व्यवसायीहरूलाई सहुलियत कर्जा, तालिम तथा बजारका लागि पहल गरिनेछ ।

औद्योगिक प्रदुषण नियन्त्रणका लागि कानुन बमोजिम पहल गरिने छ ।

विदेशबाट फर्किएका युवाको सीप र पुँजी सदुपयोग गर्दै उहाँहरुकै लगानीमा उद्योग संचालन गर्न प्रोत्साहन गरिने छ ।

१४. खेलकुद

इटहरी रंगशाला लाई राष्ट्रियस्तरको रंगशाला बनाउन पहल गर्ने छु । दुहबी रंगशाला,इटहरी १५, गढी २ र अमाहिबेल्ला स्थित स्थित खेलमैदानलाई स्तरोन्नती गरिने छ ।

इटहरीमा क्रिकेट मैदानको संभाब्यबता अध्यनगरी निर्माणका लागि पहल गरिने छ ।

१५.संसदमा नागरिकका आवाज सबैभन्दा बढि उठाउने प्रतिबद्धता जनाउछु ।